छोराले चलाएको मोटरसाइकलबाट लडेर आमाको मृत्यु

छोराले चलाएको मोटरसाइकलबाट लडेर आमाको मृत्यु

आइतबार छोराले चलाएको मोटरसाइकलबाट लडेर आमाको मृत्यु भएको छ।

झापाको अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोकमा अर्जुनधारामा छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि छोरा सुमन पनि अचेत छन्।  

लक्ष्मीमायाको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका निम्ति बिर्तामोड ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।