धनगढी ५ को विकासमा निर्माण कम्पनी बाधक बनेको भन्दै स्थानीय सहित वडा अध्यक्ष उत्रिए सडकमा

धनगढी ५ को विकासमा निर्माण कम्पनी बाधक बनेको भन्दै स्थानीय सहित वडा अध्यक्ष उत्रिए सडकमा

धनगढी । धनगढी उप-महानगरपालिका वडा नं. पाँचका स्थानीय र वडाध्यक्षले सडकमै पत्रकार सम्मेलन गरेका छन् । उनीहरूले आफ्नो वडाको विकास निर्माणका कामको ठेक्का पाएको कालिका कन्स्ट्रक्सन प्रा.ली बाधक बनेको भन्दै सोमबार बिहान पत्रकार सम्मेलन गरेका हुन ।

अहिले धनगढी उपमहानगरपालिकामा एडिबीको बजेटबाट पहिलो चरण अन्तरगत साढे १० किलोमिटर सडक निर्माण को काम थालिएको छ । जस मध्ये वडा नं. ५ मा पर्ने डेभोटी चोकबाट सामुदायिक प्रहरी केन्द्र सम्म ७०० मिटर सडक कालिका कन्स्ट्रक्सन प्रा.ली ले ठेक्का पाएको छ । जस अन्तरगत सडक, नाली, सडक लाइट लगायतका सडकमा आवश्यक सबै भौतिक पूर्वाधारहरू सुरक्षित तवरले दुई वर्ष भित्र सक्ने गरी निर्माण सम्पन्न गर्न ईसवी संबत २०१९ अगस्टमा लिखित सम्झौता गरिएको थियो । 

अहिले ईसवी संबत २०२२ अगस्ट ८ सम्म आइपुग्दा निमार्ण कार्य चलिरहेको छ । अहिले निर्माण कम्पनीले बर्सादको समय भएकोले काम रोकेको भनी बहाना गरेको र असुरक्षित तवरले गुणस्तरहीन काम गरेको स्थानीयको आरोप रहेको छ । 

उनीहरूले डेभोडी-पिपल चौतारा-सामुदयीक प्रहरी केन्द्र सम्मको सडकमा नालीको ढक्कन नलगाएको, सडक बत्तीका पोलहरू विद्युतीय लाइन सँग टास्सिनेगरी निर्माण गरिएको र करेन्ट लाग्ने खतरा रहेको हुँदा स्थानीयहरूले कालिका कन्स्ट्रक्सन ले असुरक्षित काम गरेको बताएका छन् । 

सडकमा गरिएको पत्रकार सम्मेलनमा सहभागी वडा नं. पाँच कै स्थानीय प्रेम शाहले धनगढीको हसनापुर एरिया यहाँको सबै भन्दा बढी विद्यालय भएको क्षेत्र भएको र उक्त सात सय मिटर लम्बाई भएको सडकमा मात्रै दैनिक जसो दसौँ हजार नागरिक विद्यार्थी बालबालिका ओहोर दोहोर गर्ने भए पनि निर्माण कम्पनीले उक्त सडकको निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले लापरबाही गरेको बताए । 

उनले भने, ‘‘यो सडकमा दैनिक दसौँ हजार विद्यार्थी बालबालिका ओहोर दोहोर गर्छन् तर निर्माण कम्पनीले न राम्ररी नाली निर्माण गरेको छ । नत सडक लाइटका लागी लगाइएका पोल र विद्युत्का तारको दुरी मिलाएको छ । हावाहुरी चल्दा सडक बत्तीका फलामे पोलमा विद्युतीय तार ठोक्किँदा कयौँ चराचुरुङ्गी मरी सके सडकको सतहमा पनि भएको बेला त्यसमा विद्युत् प्रवाह भए त्यसमा मान्छे नपर्ला भन्न कहाँ सकिन्छ  ।”

यहाँ कुनै पनि निकायले आफ्नो काम नगरेको बताउँदै शाहले विद्युत्, खानेपानी लगायतका सबै निकायले आफ्नो काम समयमै सक्नुपर्ने बताए । 
यस्तै, स्थानीय वडा नं. ५ कै स्थानीय तीर्थ राज पन्तले एडिबी बाट पाएको रकम पनि कहिन कहीँ नेपाली जनताले नै बेहोर्नु पर्ने भएकोले त्यो रकमको सही सदुपयोग हुनुपर्ने बताए । एक महिना अगाडीबाट सम्बन्धित ठाउँहरूमा वडा अध्यक्ष लगायतको टीमले सडकमा देखिएको खतरा हटाउने गरी काम थाल्न आग्रह गरिरहेको भए पनि कसैले नटेर्दा आफूहरूले साङ्केतिक विरोध स्वरूप यहाँका स्थानीय र वडा अध्यक्ष सहितले मिडिया मार्फत सम्बन्धित निकायलाई घचघच्याउन बिउँझाउन सडकमै छलफल र अन्तरक्रिया गरेको बताउँदै कुनै घटना घट्नु पूर्व यो सडकमा देखिएका खतरा  मुक्त नगरे कडा आन्दोलन र एडिबी, कालिका कन्स्ट्रक्सन लगायतका ठाउँहरूमा धर्ना लगायतका कामहरू गर्ने बताए ।

‘‘यहाँका स्थानीय तथा वडा अध्यक्ष ज्युले विगत एक महिना देखी लगातार लिखित, मौखिक रूपमा सम्बन्धित निकायमा सडक लाइट, नाला व्यवस्थापन र नालामा ढक्कन लगाउने काम गरी दिन आग्रह गरेका थिए कसैले पनि यो समस्या समाधान गर्ने तिर ध्यान दिएनन् । यहाँ चराचुरुङ्गी करेन्ट लागेर मरिराखेकै छन् । कुन दिन मान्छेको ज्यान जान्छ । समस्या समाधान नभएर नै सडकमै यो साङ्केतिक विरोध हो । यथा सिध्र यहाँको समस्या समाधान भएन भने हामी वडा अध्यक्ष ज्यु को साथमै छौँ । जस्तोसुकै आन्दोलनमा उत्रिन पनि तयार छौँ ।” उनले भने । 

कुनै पनि काम गराउँदा पुँजी खर्च गर्ने कम्पनी सधैँ मोनीटर गर्ने जिम्मेवारीमा हुने हुँदा निर्माण कम्पनीलाई एडिबीले कडाइका साथ काम गर्न लगाउनु पर्ने माग राख्दै पन्तले कुनै पनि निर्माण कम्पनीले विकासको बाधक बन्न नहुने र असुरक्षित तथा कमसल काम गर्न नहुने पन्तको भनाई थियो । 

त्यस्तै, एडिबीका कन्सल्टेन्ट इन्जिनियर ललित कठायतले ठेकेदारहरू सँग बारम्बार सुरक्षित तवरले समयमै काम सक्न आग्रह गरेको भए पनि उहाँहरूको व्यवस्थापकीय कमजोरीका कारण यो समस्या आई लागेको बताएका छन् । ‘‘हामीले ठेकेदार साथीहरूलाई बारम्बार लिखित मौखिक रूपमा नै समयमा गुणस्तरीय काम गर्न आग्रह गरी राखेकै थियौँ । गर्ने छौँ । यद्धपी उहाँहरूले भनेको बेला हाम्रो जनशक्ति यती छ । उति छ, समयमै काम सक्छौ भन्ने गरेको भए पनि उहाँहरूको व्यवस्थापकीय पाटो कमजोर भएकोले यो अवस्था आएको छ।” उनले भने । 

यसै गरी वडा नं. ५ का वडा अध्यक्ष गजेन्द्र शाहीले डिभोटी चोक देखी सामुदायिक प्रहरी कार्यालय सम्मको सडकमा दिनहुँ दश देखी १२ हजार विद्यार्थी मात्रै ओहोर दोहोर गर्ने र सबै भन्दा बढी विद्यालय भएको क्षेत्र रहेको बताउँदै उक्त बाटो सुरक्षित हुनुपर्नेमा जोड दिए । युक्त सडकमा लगाइएका विद्युतीय तार र सडक बत्ती लगाउनको लागी लगाइएका पोलहरू हवा चल्दा हल्लिँदा एक आफसमा ठोक्किएर सडक लाइटमा बसेका कयौँ चराहरू मरेको, सडक लाइट समेत एकदमै कम उज्यालो हुने कमसल बत्तीका कारण रातीको समयमा दुर्घटना हुने, खुल्ला नाली भएका कारण बच्चाहरू नालीमा खसेको उदाहरण हरू सम्झिँदै अप्रिय घटना घटे यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरेका छन् । शाहीले अहिले सम्म एडिबी, निमार्ण कम्पनी कालीका सहरी विकास लगायतका सम्बन्धित कार्यालयहरूलाई समयमै जोखिम न्यूनीकरणका लागी काम गरी दिन आग्रह गर्दै नगरपालिकाको सहयोगमा सबैलाई लिखित मौखिक आग्रह गर्दा समेत कसैले नटेरेको बताएका छन् ।

‘‘हामीले यहाँ को जोखिमको बारेमा सम्बन्धित सबै निकायमा नगरपालिकाको समन्वयमा जानकारी गराइ सकेका छौँ । एक महिना हुन लाग्यो गछौं । गर्छौ भन्दै टार्ने गरेका छन् । एकदम दादागिरी शैली छ । भोलि यहाँ केही समस्या भए कसले जिम्मा लिने वडा बासीले म बाट जवाफ माग्छन् होला मैले के भन्ने त्यतिखेर काम गराउन सकिन यस्तो भयो । यसरी चुप बस्न सकिँदैन । कृपया आजको हाम्रो साङ्केतिक विरोधलाई गम्भीरताका साथ लिइयोस् ।” उनले भने । 


निर्माण कम्पनीका सम्बन्धित व्यक्तिहरूलाई उक्त स्थानमा छलफलको लागी सहभागी हुन आग्रह गरिएको भए पनि उपस्थित भएका थिएनन् । 
अहिले उक्त सडक खण्डको निर्माण गरी सक्ने समया अवधि सकिएको छ । निर्माण कम्पनीले कोभिड १९ र आर्थिक वर्षको अन्तिम महिनामा सम्झौता समय सकिन लागेको भन्दै उक्त सडक निर्माण कार्यको लागी थप चार महिना समय मागको लागी प्रक्रिया थालिएको बताइएको  छ ।