सुन चोरी प्रकरणमा  दुई जना पक्राउ

सुन चोरी प्रकरणमा  दुई जना पक्राउ

कैलाली। भारतको पञ्जावबाट सुन चोरी गरिएको प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा उनीहरलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार अहिलेसम्म जम्मा ६ जनालाई समातेर अनुसन्धान चलिरहेको छ।
पक्राउ गरिएका २ जना बैतडीका भएपनि उनीहरुको अन्य पहिचान भने खुलाइएको छैन। ती दुवै जना भारतबाट सुन चोरेर नेपाल ल्याउने कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ । यस अघि उक्त घटनामा संलग्न रहेको आरोपमा धनगढीका सुन व्यवसायी सन्तोष लामिछानेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु पञ्जावमा भएको एक करोड रुपैयाँ भन्दा बढी मूल्य पर्ने सुन चोरीको घटनामा संलग्न रहेको प्रहरीले बताएको छ ।