धनगढीमा घरको ब्रण्डामा पार्किङ मोटरसाइकलमा अज्ञात व्यक्तिद्दारा आगजनी

धनगढीमा घरको ब्रण्डामा पार्किङ मोटरसाइकलमा अज्ञात व्यक्तिद्दारा आगजनी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–६ मा घरको ब्रण्डामा पार्किङ गरिएको मोटरसाइकलमा अज्ञात व्यक्तिले आगजनी गरेको छ । धनगढी उपमहानगरपालिका–६ को जालीगाउँमा स्थानीय जगतप्रसाद चौधरीले ब्रण्डामा पार्किङ गरिएको से ४ प ६८९३ नम्बरको होण्डा साइन मोटरसाइकल सोमबार आगजनी गरिएको प्रहरीले जनाएको छ ।

ब्रण्डामा पार्किङ गरिएको मोटरसाइकल धनी चौधरीले साँझ ५ बजे कार्यालयबाट फर्किएर ब्रण्डामा पार्किङमा राखिएको अवस्थामा अज्ञात व्यक्तिले आगजनी गरेको कुरा छिमेकीले देखेपछि करीब ११ बजेतिर मात्र थाहा पाएको बताए ।

हामी खाना खाएर परिवारका सबैजना सुतिसकेका बेला करीब ११ बजेतिरको समयमा  मोटरसाइकलमा आगजनी गरिएको छिमेकी विश्राम चौधरीले थाहा पाएर हल्ला गरेपछि थाहा पाएपछि सबैजना मिलेर आगो निभायौँ चौधरीले भने ।

जिल्ला प्रहरी कार्यालयका कैलालीका अनुसार सबै जना सुतिसकेको अवस्थामा मोटरसाइकलमा आज्ञात व्यक्तिले आगजनी गरेको  जनाएको छ ।मोटरसाइकल आगजनी गरेको अवस्था भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन ।