काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि आज दिउँसो साढे १२ बजे गएर एमालेले दल दर्ता गर्दैछ।
नेकपा एमालेले दल दर्ताका लागि आज दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने केन्द्रीय सदस्य एवं निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले बताए।
दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल उपमहासचिवहरु प्रदिप ज्ञवाली र सचिवहरुसहितको टोली आयोग कार्यलयमा जाने आचार्यले जनाएका छन।