बैतडीका ८४ मध्ये ४७ वडा सचिव विहिन

बैतडीका ८४ मध्ये ४७ वडा सचिव विहिन

बैतडी । बैतडीका विभिन्न स्थानीय तहका ४७ वडा सचिव विहिन भएका छन।  वडामा  अधिकांश स्थानीय तहहरुले प्राविधिक सहायकहरुलाई सचिवको जिम्मेवारी दिएर कामकाजमा खटाएका छन् भने दरबन्दी अनुसारका सचिव नहुँदा सेवाग्राही दैनिक  सास्ती खेप्दै आएको छ । 

जिल्लाको सबै भन्दा बढी पुर्चौंडी नगरपालिकाका सबै  १० ओटै वडा सचिव पद रिक्त रहेका छन् । सबै वडामा प्राविधिक सहायक तथा अन्य कर्मचारीलाई खटाएर वडाको कामकाज सञ्चालन हुँदै आएको छ । 

यस्तै  सुर्नया गाउँपालिकाका ७ ओटा वडा सचिव विहिन रहेकोमा यस्तै मेलौली नगरपालिकाका ५ ओटा वडा सचिवसचिव सचिव पद रिक्त रहेका छन् भने पाटन नगरपालिकाका ३ वडामा सचिव छन यस्तै सिगासका गाउँपालिकाका ८ ओटा वडा सचिव पद रिक्त रहेका छन् । 

यस्तै डिलाशैनी गाउँपालिका २, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाका एक÷एक वडामा सचिव नरहेका बताइएको छ ।यस्तै जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५ वडा सचिव  पद रिक्त रहेका छन् भने शिवनाथ गाउँपालिकाको ५ वडा  पद रिक्त रहेका छन्।  

महालेखा परीक्षकले आफ्नो  प्रतिवेदनमा सार्वजनिक तथ्याङकमा उल्लेख गरे अनुसार बैतडीका ८४ मध्ये ४७ वडा सचिव विहिन रहेका छन् । प्रतिवेदनमा नियमानुसार पदपूर्ती गर्नुपर्ने समेत उल्लेख गरिएको छ । 

जिल्लामा वडा सचिव नभएका वडाहरुमा दरबन्दी परीपूर्तीका लागि पालिकाले लोकसेवा आयोगलाई माग गर्नुपर्ने हुन्छ । तर कतिपय पालिकाहरुले अझै रिक्त दरबन्दीका बिषयमा आयोगलाई जानकारी नगराएको पाएको छ ।