प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका आयोगले मंसिर ४ मा हुने निर्वाचनका लागी सोमबार बसेको बैठकले कार्यतालिका स्वीकृत गरेको छ।
असोज ११ मै निर्वाचन अधिकृतहरू नियुक्त गरिने र असोज २१ भित्र निर्वाचन अधिकृत कार्यालय खोल्ने कार्यतालिका छ। यस्तै कार्यतालिका अनुसार असोज २३ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय दिइएको छ। समानुपातिकतर्फ भने साउन ३० मा कार्यालय स्थापना हुनेछ। असोज २ र ३ गते दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने हुन्छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन।
आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार आयोगले कार्यतालिका सार्वजनिक नगरिने बताएको छ। आयोगले बनाएको कार्यतालिकामा पछि केही हेरफेर पनि गर्न सकिने उनको भनाइ थियो।
कात्तिक २७ मा मतपत्र ढुवानी गरिने र मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुने आयोगको कार्यतालिका छ। कार्यतालिकाअनुसार आयोगले काम सुरू गर्ने आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिएका छन।