अदालतबाट १० लाख जरिवाना ठहर भएका एक जना पक्राउ

अदालतबाट १० लाख जरिवाना ठहर भएका एक जना पक्राउ

नेपाल प्रहरीले अदालतबाट १० लाख रूपैयाँ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ। १० लाख रूपैयाँ जरिवाना ठहर भएका सर्लाही घर भई काठमाडौंको कपन बस्ने ३४ वर्षीय रोशनकुमार गुप्तालाई सोमबार पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेका गुप्तालाई उच्च अदालत पाटनको २०७७ फागुन २३ गतेको फैसलाअनुसार चार दिन कैद सजाय र १० लाख रूपैयाँ जरिवाना ठहर गरिएको थियो । 

गुप्ताले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानेर पनि पीडितलाई झुक्यानमा पारी बैंकिङजन्य कसुर गरेको अभियोग छ।

पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेस गरिएको ब्युरोले जनाएको छ।