कञ्चनपुरमा मंगलबार स्यालको टोकाइ बाट दुई जना घाइते

कञ्चनपुरमा मंगलबार स्यालको टोकाइ बाट  दुई जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा मंगलबार बिहान दुई जना बहुला स्यालको टोकाइ बाट घाइते भएका छन । जिल्लाको शुक्लाफाँटा नगरपालिकाकावडा नं ८ की ६० वर्षीया राजकुमारी चौधरी र वडा नं ९ का ४५ वर्षीय गोकर्ण चौधरी  घाइते भएका हुन। 

मंगलबार बिहान  आँगनमा फूलका बिरुवा रोप्दै गरेका बेला एक्कासी आएको स्यालले दाँया हात र दायाँ खुट्टामा टोकेर गहिरो घाउ बनायो राजकुमारीका श्रीमान् पल्टा चौधरीले बताए ।

यसैगरी, गोकर्णलाई समेत स्यालले गोडामा टोकेर गहिरो घाउ बनाएको वडाध्यक्ष रमेश बहादुर ऐरले बताए । दुवै जनालाई उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर लगिँदै छ।स्यालले घर आँगनमै आएर टोक्न थालेपछि यस क्षेत्रको जनजीवन निकै त्रसित भएको छ।