बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला

बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला

बझाङ । बझाङको बुंगल नगरपालिकामा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेका छन् । बुंगल नगरपालिका– ९ की २२ वर्षीया गीता पार्की  तीन वर्षीय छोरा भूपेन्द्र र पाँच वर्षीया छोरीसहित झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

अहिले जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जाँदै छ। घटनाको बारेमा थप विवरण घटनास्थल पुगेपछि मात्र थाहा हुने प्रहरी निरीक्षक जनक ढुंगानाले बताएका छन्। झुन्डिएको अवस्थामा भेटिएकी गीताका श्रीमान् पुष्कर पार्की गएराति मात्र भारतबाट घर फर्केका थिए।