एकै दिन  ८ सय ६८ जना कोरोना संक्रमित, ३ जनाको मृत्‍यु

एकै दिन  ८ सय ६८ जना कोरोना संक्रमित, ३ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने थप ८ सय ६८ जना संक्रमित भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय ५ जनाको परीक्षणमा ८ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय १४ जना संक्रमणमुक्त भएका छन् ।