नेपाली कांग्रेस गठबन्धनबिना एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा छ : सुवास नेम्वाङ

नेपाली कांग्रेस गठबन्धनबिना एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा छ : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गएको स्थानीय चुनावमा अन्तर्घातकै कारण ६० सिट बढी गुमाएको बताएका छन् । एमालेले २०६ स्थानीय तह मात्रै जित्ने अवस्था बन्नुमा अन्तर्घात पनि कारण रहेको उनले बताए ।

‘हामीविरुद्ध अरु दलहरु एक छन् भने हामी एकजुट हुनुपर्ने होइन ?’ बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेम्वाङले भने, ‘२५०/३०० पार्टीको सदस्य छ, भोट भने २४ आउँछ । हामी आफ्नै खुट्टामा अल्झेको होइन ?’ नेम्वाङले आगामी चुनावमा त्यस्तो गल्ती हुन नहुने बताए ।

तर पपुलर मतमा भने एमाले प्रमुख शक्ति बनेको उनले बताए । उपाध्यक्ष नेम्वाङले नेपाली कांग्रेस भने गठबन्धनबिना एमालेसँग आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे ।

एमालेले मिलेर जान गरेको प्रस्तावमा भट्टराईले कम्युनिष्टले १५ सिट जिते खसी काटेर खान भनेको पनि नेम्वाङले सम्झिए ।