एन आर एन मलेसियाले तिज बिशेष कार्यक्रम गर्दै

एन आर एन मलेसियाले तिज बिशेष कार्यक्रम गर्दै

दिनेश खड्का , मलेसिया। गैरे आवसिय नेपाली संघ मलेसियाले विगतका बर्षहरुमा झै यस पटक पनि नेपाली महिला हरुको महान चार्ड हरितालिका तिजको अवसरमा दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

यहि अगष्ट २० तारिख स्थानिय समयअनुसार दिउँसो को ३ बजे देखि एनआरएनए को आफ्नै भवनमा आयोजना गर्न लागेको हो ।

नेपाली रितिरिवाज चार्ड पर्वको जगेर्ना गर्नु को साथै विभिन्न कारणले मलेसियामा कार्यरत नेपाली दिदीबहिनी हरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गर्न लागेको एनआरएनए मलेसिया का महासचिव रन्जित क्षेत्रिले जानकारी दिनुभयो ।

आफ्नो जन्मभूमि छोडि मलेसिया मा बसेर एक दिन भएपनि आफ्नो दिदिबहिनी हरुको साथमा माईती को सम्झनालाई बिर्साउने गरि कार्यक्रम अवधिभर मनोरञ्जन समेत दिने महासचिव क्षेत्रिले बताउनुभयो ।

नेपाली महिला हरुको पर्व तिज कार्यक्रमलाई नेपाल कै अनुभुति हुने गरि मलेसियामा रहेका सम्पुर्ण नेपाली दिदीबहिनीहरु र संघ-संस्था हरुलाई पत्रचार गरिसकेको र कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि सिङ्गो एनआरएनए मलेसिया लागि रहेको महासचिव रन्जित क्षेत्रिले जानकारी दिनुभयो।