धनगढी उपमहानगरको १८ को वडा कार्यलयमा तालाबन्दी

धनगढी उपमहानगरको १८ को वडा कार्यलयमा तालाबन्दी

धनगढी । कैलाली धनगढी उप–महानगरपालिका वडा नम्बर–१८को वडा कार्यलयमा तालाबन्दी गरिएको छ । वडा कार्यलयले राजनितिक पुर्वाग्राही राखी ज्यालादारी कर्मचारीलाई निकालेको भन्दै  राजनितिक दल र स्थानीय बासीले ताला बन्दी गरेका हुन् ।उक्त वडामा ज्यालादारी कर्मचारीको रुपमा रामप्रसाद चौधरी र सहबिर खड्कालाई कामबाट हटाएर अरु कर्मचारी राखेको भन्दै स्थानिय जनता र राजनितिक दलहरुले बिरोधसंगै तालाबन्दी गरेका हुन् ।

स्थानिय राजनितिक दलहरुले वडा कार्यलयमा ज्यालादारी कर्मचारी निकालिएको बिषयमा वडा अध्यक्ष भुवन रिजालसंग कारण मागेका थिएका थिए । वडा अध्यक्ष रिजालले स्पष्ट जफाब नदिएको र राजनितिक पुर्वाग्रहीले कर्मचारी हटाएको भन्दै ताला बन्दी गरेको काँग्रेसका नेता लक्ष्मीप्रसाद देबकोटा बताए ।

                                          

यता धनगढी उप–महानरपालिका वडा नम्बर–१८का वडा अध्यक्ष भुवन रिजालले नगरसभाको निर्णय बहेक आफुले कुनै थप निर्णय नगरेको प्रतक्रिया दिएका छन् । वडा कार्यलयमा तालाबन्दी भएसंगै वडाको दैनिक कामकाज भने प्रभाबित भएको छ ।