बैतडीको  कारागारमा  १६ कैदी बन्दीलाई कोरोना संक्रमण

बैतडीको  कारागारमा  १६ कैदी बन्दीलाई कोरोना संक्रमण

बैतडी । बैतडीको  कारागारमा १६ जना कैदीबन्दीहरुलाई  कोरोना संक्रमण पुष्टि भएको छ । कारागारकी जेलर धारा भण्डारीका अनुसार जिल्ला कारागार बैतडीमा रहेका १६ जना कैदीबन्दीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

केही कैदीबन्दीमा ज्वरो आउने‚ रुघाखोकी लाग्ने भएपछि बुधबार पीसीआर परीक्षण गर्दा ४ जनामा कोरोना पुष्टि भएको थियो । बिहीबार उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गराउँदा थप १२ जनामा संक्रमण पुष्टि भएको उनले बताइन् ।