प्रधानमन्त्री ओली हावाहुरी प्रभावित जिल्ला जाँदै

प्रधानमन्त्री ओली हावाहुरी प्रभावित जिल्ला जाँदै

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली साेमबारका सकै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला जानुहुने भएकाे छ ।

विभिन्न कार्यक्रममा सहभागी हुन झापामा रहनु भएका प्रधानमन्त्री ओली सोमबारका लागि निर्धारित कार्यक्रम स्थगित गरी बारा जान लाग्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा जानुहुने उहाँले बताउनुभयो । घटनास्थलको अवलोकनका साथै प्रधानमन्त्री ओलीले घाइतेको उद्धार र उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिनुहुनेछ । यस्तै उहाँले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, परिवारलाई समवेदन प्रकट गर्नुहुनेछ ।