अर्थमन्त्री बोहराको स्पष्टोक्ति : विलासिताका बस्तुमा कर बढाएकै हौ

अर्थमन्त्री बोहराको स्पष्टोक्ति : विलासिताका बस्तुमा कर बढाएकै हौ

धनगढी : आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश ७ का जनताको जिवनयापनमा असर गर्ने गरि कर नबढाएको बताएका छन । 

सोमवारको प्रदेश सभा बैठक सकिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रक्रिया दिदैँ उनले प्रदेशका जनताको जिवनयापन असहज हुने गरि प्रदेश सरकारले कर नलगाउने जिकिर गरे । 

विशेष गरि उनको संक्षिप्त प्रतिक्रिया मोटर साइकलमा लगाएको करमा केन्द्रति थियो। अतिआवश्यक १५० सिसि सम्मको मोटर साईकलमा प्रदेश सरकारले कुनै पनि कर बृद्धी नगरेको र १५० सिसि भन्दा माथिको मोटर साईकलमा भने प्रदेश सरकारले कर लगाउने उनले जानकारी दिए । 

विलासिताका रुपमा प्रयोग गर्ने गाडीमा करको दायरा बढनुु स्वभाविक भएको उनको प्रतिक्रिया थियो । केन्द्र सरकारले पनि अतिआवश्क गाढीहरु भन्दा राम्रो गाढीको प्रयोग गरे करको दायरा बृद्धी गरेको मन्त्री बोहराको तर्क छ । 

नेपालमा पुजीँ निर्माण गर्न र व्यवसायिकताको माहोल निर्माण गर्न यो आवश्क रहेको उनले बताए । फर्जुल खर्चलाई व्यवसायीकता तिर लगाउन सकेको खण्डमा पुजीँ निर्माण हुने भएकोले फर्जुल खर्चहुने क्षेत्रमा सरकारले कर बृद्धी गर्ने उनले स्पष्ट पारे । 

प्रदेश सरकारले मोटरसाईकलमा कर बृदि गरेको भन्दै प्रदेश सरकारको आलोचना भईरहेको छ ।