कैलालीमा पनि भेटिए एउटै नम्बर प्लेट भएका दुई  मोटरसाइकल

कैलालीमा पनि भेटिए एउटै नम्बर प्लेट भएका दुई  मोटरसाइकल

धनगढी । कैलालीमा पनि उस्ता उस्तै नम्बर प्लेट भएका दुई मोटरसाइकल फेला परेका छन् । जिल्लाको धनगढीमा एउटा र एउटा लम्कीमा सु.प.प्र.०१-०१० ५५२२ समान नम्बर भएका दुई मोटर साइकल फेला परेका हुन् । 

लम्कीमा भेटिएको मोटरसाइकल हिरो कम्पनीको एसपीएल प्रो २०२१मोडेलको एन जी एम टेडिङ्ग प्रा. लि काठमाडौँ, नेपालको नाममा दर्ता भएको छ । भने धनगढीमा भेटिएको बजाज कम्पनीको पल्सर २२० एफ एबिएस २०२१ मोडेलकै सफारी ब्लु रङ्ग भएको मोटरसाइकल रुद्र अटोमोटीभ्स अत्तरिया कैलालीले फाइनान्स कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी मार्फत रोहित जङ्ग कडेललाई बेचेको छ । 

रोहित जङ्ग कडेलले रुद्र अटोमोटीभ्स अत्तरियाबाट खरिद गरेको पल्सर २२० एफ एबिएस मोटरसाइकलको खरिद गर्दा बनाइने कागजातहरूमा सुरुमा सु.प.प्र.०१-०१० ५५२२ उल्लेख गरिएको छ । भने ५५२२ लाई काटेर पुनः ५६२२ लेखिएको छ  । यद्धपी यातायात कार्यालय सेतीले प्रदान गर्ने सवारी धनी पुर्जा अर्थात् (ब्लु बुक) मा सु.प.प्र.०१-०१० ५५२२ नै उल्लेख गरिएको छ । 

आफूले किस्ता निरन्तर किस्ता तिर्दै आइरहेको र फाइनान्स मार्फत खरिद गरेको मोटरसाइकल दुई दिन देखी जिल्ला ट्राफिक कार्यालयमा थन्किएकामा दुख व्यक्त गर्दै रोहित जङ्ग कडेलले सोरुमले बदमासी गरेको हो की भन्ने आशङ्का व्यक्त गर्दै सत्य तथ्य पत्ता लगाई आफ्नो मोटरसाइकल याथासिघ्र फिर्ता गराउन माग गरेका छन् । 

यता रुद्र अटोमोटीभ्स अत्तरियाका कर्मचारी अर्थात् रुद्र अटोमोटीभ्सले यातायातको काम गर्न जिम्मेवारी दिइएका व्यक्ति नवीन पाण्डे सँग कागजातमा भएको र त्रुटि भएको ठाउँमा यातायात कार्यालयको छाप तथा सम्बन्धित अधिकारीको दस्खत बिना सच्याइएको र एउटै मोटरसाइकल नम्बर कसरी पर्न गएको भनी बुझ्न खोज्दा उनले भने कागजात बनाउँदा आफ्नो गल्ती भएको स्विकारेका छन् । पाण्डेले मानवीय गल्ती कहिले काहीँ हुने र त्यो गल्ती भएको थाहा पाउने वित्तिकै कागजात र सवारी सम्बन्धी बनाइएको फाइलमा सवारी नम्र सच्याइएको तर सवारी धनीलाई दिइएको सवारी धनी पुर्जा (ब्लु बुक) मा भने भुल बस सच्याउन छुटेको र आज सोमबार नै उक्त समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । 

यस्तै, सोही विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल बं सिंह सँग बुझ्दा उनले पनि कागजातमा त्रुटि देखिएको र चेकजाँचका क्रममा संकस्पद देखिएकोले नै मोटरसाइकल कार्यकालमा राखिएको बताएका छन् । सिंहका अनुसार सो विषयमा सोमबार कार्यालय समयमा यातायात कार्यालय सेतीमा पत्राचार गरी सबै विवरण माग गरिने र सो अनुसार कागजात परीक्षण गराई यातायातको ढड्डामा उल्लेख गरिए अनुसार कारबाही अगाडी बढाइने छ । भने यस विषयमा यातायातको विवरण प्राप्त भए पश्चात् मात्रै यथार्थ पत्ता लाग्ने छ ।