धनगढीका मुख्य सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउन उप-महानगरको निर्देशन, नहटाए कारबाही गरिने

धनगढीका मुख्य सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउन उप-महानगरको निर्देशन, नहटाए कारबाही गरिने

धनगढीका मुख्य सडकको दायाँबायाँमा सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउन धनगढी उपमहानगरले निर्देशन दिएको छ।

सोमबार धनगढी उपमहानगरपालिकाले एक सूचना जारी गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन जनाएको छ।

धनगढी उपमहानगरपालिकाले घर धनिलाई पत्राचारमा उल्लेख छ  ‘सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने टहरा असोज मसान्तसम्म हटाई सहयोग गरिदिन हुन सम्बन्धित घर धनीहरूमा अनुरोध गरिन्छ।’

यदि उक्त समयमा सडक क्षेत्र खालि नभए कानून बमोजिम कारबाही गरिने उपमहागरद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।