मेयरले जनतालाई निराश बनाउनुभएको छैन : प्रमोद पाठक

मेयरले जनतालाई निराश बनाउनुभएको छैन : प्रमोद पाठक

उहाँ(मेयर)ले चुनावको बेला गरेका बाचाहरू पूरा गर्दै आउनु भएको छ । कार्यालयबाट कुनै सुविधा नलिने बाचा पूरा गर्नुभएको छ । जस्तै तलब भत्ता, इन्धन, गाडी आफ्नै चढ्नुहुन्छ । कार्यालयको कामले बाहिर जानु परेमा आफै पैसाले टिकट काट्नुहुन्छ । 

नगरप्रमुखले चढ्ने गाडी पनि मेयर सापले वडा स्वास्थ्य क्लिनिकका लागि दिनुभएको छ । डाक्टरको पनि तलब सुविधा नगरपालिकाबाट नभई  बाहिरबाट जोहो गर्नु भएको छ । बाहिर श्रोतको जोहो गरेर जनताको सेवामा तल्लीन हुनुहुन्छ । 
बजार क्षेत्रमा पानी परको बेला जम्मा हुने हुन्थ्यो अहिले  मेयर सापको निर्देशनमा सडक छेउछाउका नालीहरू खोलिएका छन् । सय दिनमा यति काम गर्नु भनेको काफी हो । यस्तालाई हामीले सहयोग गर्नुपर्दछ । गलत गरेपछि खबरदारी गर्नुपर्छ । 
राम्रो गरेका बेलामा हामीले राम्रो भन्नुपर्छ । अब आउने समयमा गलत काम गर्छन् भने हामी खबरदारी गछौं । ५ वर्षको लागी निःशुल्क काम गर्ने बाचाहरू अहिले व्यवहारमा उतार्नु भएको छ । 

नगरपालिकामा बजेट ल्याउन प्रधानमन्त्रीको साथ चाहिन्छ भन्ने बुझेकाले उहाँले आफ्नो स्वार्थका लागि नभएर नगरपालिकाको  स्वार्थका लागि जिल्ला समन्वय समितिमा काँग्रेसलाई भोट दिएको हुन सक्छ । नगरपालिकाको पाँच वर्षको लागी नौकर हुँ भन्नुहुन्छ । म स्वतन्त्र हुँ स्वतन्त्र नै रहन्छु भन्नु हुन्छ । सबै वडाहरू स्वास्थ्यका लागी वडाहरूमा डाक्टरको लगेर सुविधा दिनु भएको छ । अति नै राम्रो काम हो । उहाँसँग अहिलेसम्म जनता निराश छैनन् । आशावादी बनेका छन् ।