अहिले मेयर साप समन्वयन गर्नुहुन्छ  ः कन्दकला राना

अहिले मेयर साप समन्वयन गर्नुहुन्छ  ः कन्दकला राना

हामीले सय दिनको अवधिमा खोलानाला अतिक्रमण गर्ने कार्यलाई रौक्यौं । डुबानको समस्यालाई कम गर्न खोलानालामा बनाएका अवैध संरचना हटायौँ । वडा स्वास्थ्य क्लिनिक सुरुवात गरौँ । त्यसमा आँखा र दाँतको उपचार पनि थप्यौँ । 
राष्ट्रिय भूमि आयोगसँग समन्वय गरेर सबै वडाहरूमा भूमिविहीन दलित, सकुम्बासीहरुको अव्यवस्थित बस्तीहरूको नाप नक्साको कार्य हुँदै छ । 

हिजोको दिनमा मेयर सापसँग जे भयो अब छोडौँ । अब यस्ता कुरा नदोहोरिउन्, त्यसै कुरा कोट्याएर जुध्नु, जुधाउनु राम्रो होईन । लडाउने मान्छे धेरै हुन्छन् । अरूहरूले भनेका भ्रममा पर्नु हुँदैन । अहिले मेयर सापसँग समन्वय हुन्छ ।

अहिले मेयर साप र म सबै काम सहकार्यमा नै गर्दैछौं । धेरै कामहरूको सम्झौता हुँदै छ । मेयर सापसँग समन्वय गरेर नै सबै काम भइरहेको छ । पहिलेको जस्तो अविश्वासको सम्बन्ध छैन । 

हामीले बढी जस्तो समय नगरपालिकालाई नै दिने गरेका छौँ । अबको चार वर्षमा अझै राम्रो गर्ने भनेर लागेका छौँ । 

(उपमेयर कन्दकला रानासँग धनगढी खबरका मोहन पनेरुले गरेको कुराकानीमा आधारित)