बैतडीमा एकीकृत समाजवादीले प्रतिनिधि र प्रदेश सभामा उम्मेदवारको नाम सिफारिस

बैतडीमा एकीकृत समाजवादीले प्रतिनिधि र प्रदेश सभामा उम्मेदवारको नाम सिफारिस

 

बैतडी । नेकपा (एकिकृत समाजवादी)ले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा उम्मेदवार सिफारिस गरेकोछ ।  जिल्ला बाट उम्मेदवार सिफारिस गर्न पार्टी निर्देशनअनुसार जिल्ला कमिटीको बैठकले  सिफारिस गरिएको  उपाध्यक्ष कृष्ण साउदले बताए ।
एकमात्र सिट संख्या रहेको बैतडीवाट प्रतिनिधि सभामा को लागि परमानन्द भट्ट सहित ३ जनाको नाम सिफारिस भएको छ । जिल्ला कमिटी बैठकले भट्ट सहित माया भट्ट र लालसिह कार्कीको नाम प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नाम सिफारिस गरेको हो।
ठबन्धनमा टुङ्गो नलागेको अवस्थामा प्रदेश सदस्यका लागि बैतडी निर्वाचन क्षेत्र (क) मा परमानन्द भट्ट ,नरेन्द्र विष्ट र  भृकुटी चन्द सिफारिस भएका छन् । (ख )मा महादेव भट्ट,राजुराम भुल र पार्वती भट्ट को नाम सिफारिस गरिएको बैतडी जिल्ला कमिटी उपाध्यक्ष साउदले  बताए।