एककित्ता पछाडिको मान्छेलाई मिडियामा बोल्न लगाएर चिढाउँने काम भै रा’छ

एककित्ता पछाडिको मान्छेलाई मिडियामा बोल्न लगाएर चिढाउँने काम भै रा’छ

चौधरी बुक डिपोका सञ्चालक(सञ्जयकुमार चौधरी)ले धनगढी मेनरोडसँगै जोडिएको आफ्नो बुक डिपोको घर देखाउँदै ‘आफ्नो घर, संरचना गएपनि तोड्न तयार छु’ भन्दै भिडियोमा बोल्नुभएको छ । उहाँले देखाउँनुभएको घर उहाँको नभई स्व.हरीनारायण श्रेष्ठको हो । त्यो अहिले उनको छोराहरुको नाममा छ । नगरपालिकाले १५–१५ बाटो छोड्नुभन्दा उहाँहरुको पूरै घर जान्छ । 

पसलको संरचना सबैले भत्काउँने हुन्, उहाँले मात्रै होइन तर मिडियामा प्रचार गरिएजस्तो घर घर चाहिँ उहाँको हाईन र उहाँले तोड्नुपर्दैन् । यसले एउटा गलत सन्देश दिएको छ । 

नगरपालिकाले भनेजस्तो सडकको बीचबाट १५–१५ मिटर दायाँबाट छोड्दा चौधरी बुक डिपाछेउकै  डा.शुसिल भण्डारीको घर पनि ३ देखि ४ फिटबाहेक पूरै जान्छ । सिद्धार्थ अपसेट अगाडी पट्टीको घरपनि पूरै जान्छ  । पूरानो दुगड निवासदेखि सिटी पोलीक्लिनिक हुँदै कैलाली अस्पतालसम्मका घरहरु १० देखि १२ फिट मात्रै बाँकी रहन्छन् । दूरसञ्चारको अगाडि पट्टीको १२ वटा सटर भएको घरमा पनि १० फिटजति बाँकी रहँला बाँकी जान्छ । दूरसञ्चारकै पश्चिम साइडका घरहरुमा पनि क्षति पुग्छ ।  

अर्को कुरो नगरपालिकाले १५ मिटरबाहेक थप ६ मिटर छोड्नुपर्ने भनेको छ । त्यो भनेको चाँही  सोझै पछाडिको जग्गा धनीसँग उहाँहरुको सेटिङ हो कि भन्ने आशंका समेत उब्जाएको छ । 

यो दशैंको बेला बजार हटाउने भनेर जुन छापामार शैलीमा सुचना निकालिएको छ, यसले व्यापारीहरु आतंकित भएका छन् । व्यापारी समान लिन काठमाण्डौमा जाने कि नजाने दोधारमा छन् । भाटभटेनी आएपछि सुकेको धनगढीका व्यवसायीलाई यो सुचनाले आतंक फैलाएको छ । 

रामलाल श्रेष्ठ(प्रमुख प्रशासकीय अधिकृत, उपमहानगरपालिका)सरको हरेक सेटिङ पनि भाटभटेनीका संचालकसँग भईरहन्छ । त्यही भएर यिनले भाटभटेनीसँग मिलेर हामीलाई विस्थापित गर्ने मौका खोजेका हुन कि भन्ने व्यापारीलाई परेको छ । 

उपमहानगरपालिकाले १५ मिटरको बाटो रेखांकन कहाँबाट कसरी हुन्छ देखाउँन सकेका छैन । अब पुरानो बाटो हेर्ने हो भने अहिले मुल सडक जहाँ छ, त्यो भन्दा हल्का उत्तर तिर पर्छ । कैलाली नालामा अहिले जुन पुल भनेर देखिन्छ । त्यो पुलभन्दा उत्तरपट्टी पहिले काठको पुल थियो । नक्सामा अहिलेपनि बाटो छ । त्यहाँबाट रेखांकन गर्ने हो कि? त्यो १५ मिटरको लाइन उहाँहरुले कहाँबाट निकाल्नु हुन्छ? त्यसमा उहाँहरु क्लियस हुनुहन्न ।

केही अध्ययन नै नगरी एकै  चोटी छापामार शैलीमा जो ३५ दिन भित्र खाली गर्न भन्ने सूचना आयो । त्यो कहिलेको निर्णयबाट भन्ने पनि आएन । सामान्य व्यक्ति फलानो ठाउँमा उपस्थित हुनु भन्ने ठाउँमा मेयर(गोपाल हमाल)को साइन भएको देख्छु । त्यहाँ रामलाल श्रेष्ठले मात्रै सुचना भए । श्रेष्ठ अलि बाठो  भएर भाटभटेको ईसारामा यो विज्ञप्ति निकालेको होकी भन्ने व्यापरीहरुको आशंका हो । 

सिटी पोलिक्लिनिकवाला घर चाँही मेरो हो । १५ मिटर रोडले लगेपछि मेरो घर १० फिट मात्रै बाँकी रहन्छ । त्यसमा अझै ६ मिटर(सेडब्याक) छोड्नु भनेको छ । त्यो मेरो बुबाले दुख गरेर बनाएको घर हो । मेरो सबै भाईहरुले पढेको त्यही घरको भाडाबाट हो । त्यो घरमा हाम्रो भावनात्मक र पैत्रिक सम्बन्ध छ । त्यो पूरै घर विस्थापित हुने अवस्था आयो भने हामीले सम्पुर्ण सम्पत्ती लगाएर मुद्दा लाड्नुपर्ने स्थिति आउँछ । हामी घरधनी संरचना तोडन मन्जुर छौ, बाटोचौडा गर्नमा हाम्रो विमति हुन्न । तर १५ मिटर गर्दा पुरै विस्थापित हुने गरिदिन सकिदैँन । नत्र मद्दा हाल्दा जित्नेमा हामी ढुक्क छौं । 

कसैलाई विस्थापित गर्नेभन्दा पनि हामीले शहर व्यवस्थित गर्ने हो । कैलाली पुलदेखि पूर्व हेर्दा धेरैजसो जग्गा सरकारी छ । मैले दुई मिटर तोड्नुपर्ने अवस्था आयो भने सरकारीतिर ५ मिटर तोड्नुपर्छ । सरकारीतिर बढी तोडिएको ३ मिटरलाई पार्किस्थलङ बनाउँ । सडक बढाउँने विषयमा हामीपनि सकरात्मक छौं, हुनुपनि पर्छ । तर एककित्ता पछाडिको मान्छेलाई ल्याएर मिडियामा बोलाएर अझ चिढाउँने काम गरेभने त्यसले झन द्वन्द्व पैदा गर्छ ।