सुनको मुल्य एक हजार रुपैयाँले घट्यो

सुनको मुल्य एक हजार रुपैयाँले घट्यो

काठमाण्डौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामै एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामै १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ ।

मंगलबार सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सयर चाँदीको मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ थियो ।