प्रदेश सभाको आजको बैठकमा धानखेतीको बेला रसायनिक मल अभाव हुन नदिने

प्रदेश सभाको आजको बैठकमा धानखेतीको बेला रसायनिक मल अभाव हुन नदिने

प्रदेश सभाको आजको बैठकमा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले शून्य समयमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको छ ।

मन्त्री चौधरीले प्रदेश सभाको अध्यक्षता गरिरहनुभएकी उप सभाामुख निर्मला बडाल जोशीले शून्य समय र बिशेष समयमा सासंदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन समय दिएपछि आफ्नो मन्त्रालयसित सम्बन्धित प्रश्न हरुकको जवाफ दिनुभएको हो ।

मन्त्री चौधरीले हिउँदे खेतीको समयमा जस्तो धानखेतीको बेला रसायनिक मल अभाव हुन नदिने गरी आफुले काम गरिरहेको बताउनुभयो । मलको आपुर्ति संघीय सरकारको कृषि मन्त्रालयबाट हुने भएकोले आफुले आपुर्तिका लागि पहल गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले वीउ विजनमा पनि किसानहरुलाई अनुदान दिएको बताउनुभयो । कृषि अनुदानका लागि बिभिन्न कार्यविधिहरु आवश्यक परेको बिगतमा सहज रुपमा अनुदान नसकिए पनि कार्यविधि पारित भइसकेकोले अब सहज रुपमा उपलब्ध गराइने मन्त्री चौधरीले प्रदेश सभामा जानकारी दिनुभयो ।

मन्त्री चौधरीले कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पोेरेसन लिमिटेड सित गरी यूरिया ४ य ९९ मेट्रिक टन, डिएपी २ सय २८ मेट्रिक टन र पोटास १ सय ३४ मेट्रिक टन माौज्दात रहेको जानकारी दिनुभयो ।

प्रदेश सभाको आजको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार गरेको सुदूरपश्चिम प्रदेश लोकमार्ग विधेयक प्रदेश सभामा टेबुल भएको छ । प्रदेश सभाको अर्को बैठकक भोली दिउँसो १ वजे बस्ने छ ।