गायक थापा भन्छन्ः तिजमा नाच्ने बुढी चाहियो !

गायक थापा भन्छन्ः तिजमा नाच्ने बुढी चाहियो !

धनगढीः साङ्गीतिक यात्राको छोटो समयमै दर्शक एवं स्राेताहरूकाे मन मुटुमा बस्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाले स्वरबद्ध गर्नु भएको नाच्ने बुढी चाहियो बोलको तिज गीत बजारमा आएको छ । मेलोडी नेपालले तयार पारेको यस गीतको म्युजिक भिडियो विन्ध्यवासिनी म्युजिक कम्पनी मार्फत बजारमा ल्याइएको छ ।

यस गीतमा केटीतर्फ भने माधवी घर्तीमगरको स्वर रहेको छ । गोविन्द मधुरले सङ्गीत संयोजनमा सघाएका छन् । गीतमा गायक थापा र घर्तीमगरको संयुक्त शब्द रहेको छ । अमृत सुनुवारले छायाङ्कन गरेको यस म्युजिक भिडियोको निर्देशन विपिन श्रेष्ठले गरेका हुन् भने कोरियोग्राफरमा कृष्ण लामा छन् ।

यो गीतले दर्शकहरूको मन जित्नेमा आफू आशावादी रहेको गायक थापाले बताए । उनले आगामी दिनमा अझै राम्रा गीतहरू दर्शक माझ ल्याउने योजना रहेको बताए । थापाले यसअघि आधा दजर्न गीत बजारमा ल्याइसकेका छन् ।

क्या राम्रो रैछनी साँफेबगरबाट गायन क्षेत्रमा लागेका थापाले नेपालका नेता, बर पिपल छायाले, धेरै भए फटाहा जाली लगायतका गीतहरू बजारमा ल्याइसकेका छन् । गायक थापा हाल नेपाल वातावरण पत्रकार समूहमा कार्यरत छन् ।