बारा र पर्सा जिल्लाका घाइतेहरुका लागि सुदुरपश्चिमाञ्चल क्याम्पसका विद्यार्थी द्धारा रक्तदान

बारा र पर्सा जिल्लाका घाइतेहरुका लागि सुदुरपश्चिमाञ्चल क्याम्पसका विद्यार्थी द्धारा रक्तदान

धनगढी : बारा र पर्सा जिल्लामा आएको आँधीहुरीका कारण घाइते भएकाहरूका लागि सुदुर पश्चिमाञ्चल क्याम्पसका विद्यार्थीहरूले बुधबार रक्तदान गरेका छन् । सुदुर पश्चिमाञ्चल क्याम्पसको प्राङ्गणमा बुधबार ३४ जनाले रक्तदान गरेका हुन् । जुनियर रेडक्रस सर्कल तथा सुदुर पश्चिमाञ्चल क्याम्पसको संयुक्त आयोजनामा रक्तदान भएको हो । कुनै पनि घाईते भएका व्यक्तिले रगतको अभावमा ज्यान नगुमाउन भन्ने उद्धेश्यले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ । आइतबार राति आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा गरी ३५ जनाको मृत्यु भएको छ । बारामा ३४ र पर्सामा एक जनाको मृत्यु भएको हो । हावाहुरीबाट रौतहटमा  गरी ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बाराको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।