हिँसा रोक्न न्यायिक समितिले काम गरेको छ : राना

हिँसा रोक्न न्यायिक समितिले काम गरेको छ : राना

धनगढी । महिला हिँसा रोक्नको लागि नगरपालिकाको न्यायिक समितिले आफ्नो क्षेत्र अधिकार भित्र रहेर काम गरेको धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाले बताएकी छन्  

'वैबाहिक आधारमा विभेद नगरौ' भन्ने मुल नाराका साथ लैङ्गिक हिसाको क्षेत्रमा काम गर्ने सेवा प्रदायक निकायसँग अन्तर सम्बाद कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै     
उपप्रमुख रानाले महिलाहरुलाई आर्थिक रूपमा कमजोर हुनु , सूचनाको पहुँच नहुनु, शिक्षाको कमीले हिसा बढिरहेको बताइन् । हिँसा न्यूनीकरण गर्नका लागी उपमहानगरपालिकाले आफ्नो स्तरबाट प्रयास गरि रहेको बताउँदै उनले भनिन - 'न्यायिक समितिमा  आउने मुद्दा  बढी अहिले सिमाना मिचेको, गाली गलौज,महिला हिसा, घरेलु हिसा आउने गरेको छ ।' उनले आफुले मिलापत्र गराउने गरेको बताउँदै भनिन -'फैसला गर्न नसकेको मुद्दा ,फौजदारी मुद्दा लाई सम्बन्धित निकाय जान भन्ने गरेका छौं ।' 
मानवधिकारको लागि महिला  एकल महिला समूह सुदूरपश्चिम प्रदेश कार्यलय धनगढी र ओरेक नेपालको सयुक्त आयोजना भएको कार्यक्रममा बोल्दै  प्रमुख जिल्ला अधिकारी  किरण थापाले पछिल्लो समयमा हुने गरेका हिसां कानुनी रुपमा काम कारबाहीको दायरामा गएको बताए । उनले भने -'वास्तविक दुर दराजमा रहेका महिलाहरु , पिछडिएका ठाउँका  महिलाहरु अशिक्षाको कारण  अझै संस्कार र  सस्कृतिका नाममा महिला हिसां बढी रहेका छन् ।' जबसम्म महिलाहरु आर्थिक रुपले बलियो हुँदैनन् तब सम्म  हिसाका घट्ना न्यूनीकरण हुन समय लाग्ने उनले बताए । 
जिल्ला प्रहरी कार्यलय कैलाली प्रबक्ता  डि .एस .पि बेदप्रकाश जोशीले कार्यक्रममा बोल्दै महिला हिसाका मुद्दाहरुलाइ आफुले प्राथमिकतामा राखी, महिला बालबालिकाका मुद्दा महिला सेलमा दर्ता निशुल्क रुपमा गरेन गरेको बताए ।  अहिले  केटीकेटी किशोर अवस्थामा नै बिहे गरि दिने, प्रेम गर्ने ,घुम्न जाने , यौन सम्बन्ध राख्ने , पछि घरपरिवारले थाहा पाउने भयमा जबरजस्ती करणी तथा यौन शोषित हुने  भन्दै मुद्दा दर्ता गर्न आउने हुदा प्रहरीलाई निकै खोज तथा अनुसन्धान गर्न अफ्ठेरोमा हुने गरेको उनले बताए ।
कैलाली  जिल्ला बारका अध्यक्ष सिद्ध राज ओझाले गरिबी ,असह्याय   हिसामा परेका महिलाहरुका  मुद्दा निशुल्क कानुनी परामर्श गरि दिने  बताए । कार्यक्रममा विभिन्न सघं सस्थाका प्रतिनिधि , राजनीति दलका प्रतिनिधि , पत्रकार  , सरोकारवाला निकाएहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम को उदेश्य माथी 
मानवधिकारको लागि महिला  एकल महिला समूहका  बेद अवस्थीले प्रकाश पारेकी थिइन् ।