कैलालीमा अविरल वर्षाका कारण गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

कैलालीमा अविरल वर्षाका कारण गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

धनगढी । कैलालीमा अविरल वर्षाका कारण गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । चुरे गाउँपालिका– ६ बालकोटस्थित सडक माथिबाट गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीकाअनुसार राति करिब पौने ३ बजेतिर गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

उनकाअनुसार भिमदत्त राजमार्गकै अन्य  ४/५ ठाउँमा पनि स-साना पहिरो गएर सडक अवरुद्ध भएको छ । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।