असोज ८ देखी १५ गते सम्म धनगढीमा सुदूरपश्चिम राजधानी कपको चौथो संस्करण हुने

असोज ८ देखी १५ गते सम्म धनगढीमा सुदूरपश्चिम राजधानी कपको चौथो संस्करण हुने

धनगढी । धनगढीमा सुदूरपश्चिम प्रदेश राजधानी कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । 'हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप' भन्ने मूल नारासहित पि.एफ.ए स्पोटर्स क्लबको गोदावरीको आयोजनामा यही असोज ८ देखी १५ गते सम्म धनगढी रङ्गशालामा खेल खेलाइने भएको हो । 

सुदूरपश्चिम प्रदेश राजधानी कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । भने सह-प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहको छ आयोजक पि.एफ.ए स्पोटर्स क्लबले शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार राशि पाँच लाख र द्धितिय पुरस्कार तीन लाख तोकिएको छ । 

यस्तै, सर्वोत्कृष्ट खेलाडी २० हजार र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक उत्कृष्ट, मध्य मैदान खेलाडी, उत्कृष्ट अग्र मैदान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई दश/दश हजार तोकिएको छ । भने म्यान अफ द म्याचलाई ३६ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा सातै प्रदेशका सात तथा एक घरेलु टोली गरी आठ ओटा टिमको सहभागिता रहने छ । भने खेल नकआउट फरम्याटमा खेल खेलाइने छ । 

सुदूरपश्चिम प्रदेश राजधानी कप  २०७५ सालमा अत्तरिया बाट सुरु भएको हो । यस प्रतियोगिताको पहिलो संस्करण फारवेष्ट पशुपति क्लब कैलालीले जित हात पारेको थियो ।