प्रदेश सभा सञ्चालन नियमावली सम्बन्धी संशोधन प्रतिवेदन प्रदेश सभामा पेश

प्रदेश सभा सञ्चालन नियमावली सम्बन्धी संशोधन प्रतिवेदन प्रदेश सभामा पेश

धनगढी : प्रदेश सभाको आजको बैठकमा प्रदेश सभा सञ्चालन नियमावली माथि पहिलो संशोधन सम्बन्धी प्रतिवेदन प्रस्तुत भएको छ । नियमावली संशोधन समितिका संयोजक वीरमान चौधरीले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

प्रतिवेदन पेश गर्दै संयोजक चौधरीले प्रदेश सभा सचिवालय ब्यवस्थापन समितिको सदस्यबाट प्रमुख प्रतिपक्षी दलको नेतालाई हटाउने निर्णयमा समिति सदस्य गोविन्दराज बोहराले बिरोध गरेको र बाँकी बुँदा सर्वसम्मत पारित गरेको बताए ।

संशोधन समितिले नियमावलीको नियमम ११०, नियम १४६, नियम १४८ र नियम २१३ मा संशेधन गरेको छ । नियम ११० मा विधेयक परिपक्व हुन लाग्ने समय सामानय छलफल भएको मितिले १ सय २० घण्टा सममय लाग्ने भनिएकोमा त्यसमा संशोधन गर्दै ७२ घण्टा कायम गरिएको छ ।

यस्तै नियम १४६ मा सचिवालय ब्यवस्थापन समितिमा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता र प्रदेश सभा सचिव रहने ब्यवस्थामा संशोधन गरी सभामुख अध्यक्ष, उप सभामुख, सचिवालयको बरिष्ठतम अधिकृत, लेखा प्रमुख सदस्य र प्रदेश सभा सचिव सदस्य सचिव रहने ब्यवस्था गरिएको छ ।

यसमा रहेका प्रमुख प्रतिपक्षी दलको नेतालाई हटाइएपछि कांग्रेस सासंद बोहराले बिरोध गर्नुभएको हो । यस्तै नियम १४८ मा सार्वजनिक लेखा समितिको कार्यक्षेत्रमा प्रदेश लेखा परिक्षको कार्यालयको प्रतिवेदन रहेको स्थानमा महाालेखापरिँकको कार्यालयको प्रतिवेदन भन्ने रााखिएको छ ।