भौतिक पूर्वाधार विकास मन्त्री बोहराको योजना समयमै कार्यान्वयन हुने भनाइ

भौतिक पूर्वाधार विकास मन्त्री बोहराको योजना समयमै कार्यान्वयन हुने भनाइ

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा भौतिक पूर्वाधार विकनस मन्त्री पठानसिंह बोहराले शून्य समयमा सासंदहरु उठाएका प्रश्नहरुको जवाफ दिनुभयो । बजेट खर्च हुन नसकेको बिषयमा सासंदहरुको प्रश्न रहेकोमा मन्त्री बोहराले कार्यक्रमहरु ढिलो गरी कार्यान्वयनमा गएका कारण खर्च कम भएको देखिएको जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यान्वयन गरिरहेका ३ हजार २ सय ३२ योजनामा काम अगाडि बढिरहेको जानकारी दिनुहुँदै मन्त्री बोहराले काम सञ्चालनमै रहेका कारण भुक्तानी नदिइएकोले रकम खर्च दर कम देखिएको बताउनुभयो । उहाँले आगामी दुई महिनामा योजनाहरुको कामको आधारमा भुक्तानी हुने हुँदा खर्चको दर बढ्ने र प्रगति ७० प्रतिशत भन्दा माथि पुग्ने आफ्नो आंकलन रहेको जानकारी दिनुभयो ।

भौतिक र्पूाधार मन्त्रालयले चालू आर्थिक बर्षमा विकास योजना सञ्चालन गर्न सहजता हुने गरी मातहतका कार्यालयहरु स्थापनामा बढी समय दिनुपरेका कारण योजनाहरु छिटो कार्यान्वयन गर्न नसकिएको भन्दै मन्त्री बोहराले आगामी आर्थिक बर्षदेखि समयमै कार्यान्वयन हुने जानकारी पनि दिनुभयो ।