धनगढीमा बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्ट सँग खुल्ला बहसको आयोजना हुँदै

धनगढीमा बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्ट सँग खुल्ला बहसको आयोजना हुँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सँग खुल्ला बहस कार्यक्रमको आयोजना गरिने भएको छ । नेपाल ब्रोडकाष्टिङ च्यानल प्रा.लि द्वारा सञ्चालित न्युज २४ टेलिभिजनले यही असोज ६ गते सिधाकुरा मुख्यमन्त्री सँग नामक खुल्ला बहस कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

टेलिभिजनले बिहीबार धनगढीमा कार्यक्रम सञ्चालन गर्ने छ । भने त्यसपछि देशका सातै प्रदेशमा कार्यक्रम गरिने जानकारी दिएको छ । देश संघियतामा गएसँगै प्रदेश सरकारको काम कर्तव्य र उपलब्धिका सवालमा जनस्तरबाटै निराशा र आलोचना बढेको छ । 

कार्यक्रमले प्रदेश सरकारको समीक्षा, गएको पाँच वर्षमा भएको उपलब्धि, पहिलो कार्यकालमा देखिएका समस्या र समाधानको उपाय खोज्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । 

कार्यक्रममा मुख्यमन्त्री भट्ट प्रमुख अतिथि रहने छन् भने अन्य सरोकारवालाहरूलाई समेत आमन्त्रण गरिएको छ । यस्तै कार्यक्रम धनगढी पुरानो महोत्सव स्थलमा बिहान ८ बजे देखी सुरु हुने जनाइएको छ ।