मंसिर ३ सम्म १८ वर्ष पूरा हुनेले भोट हाल्न पाउने

मंसिर ३ सम्म १८ वर्ष पूरा हुनेले भोट हाल्न पाउने


निर्वाचन आयोगले मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले मत खसाल्न पाउने जनाएको  छ । जसअनुसार कुल मतदाता संख्या १  करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ। 


आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ । 


यस्तै देशभर १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ जना मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।