बैतडीको पञ्चेश्वरमा घर भत्किँदा एक किशोरीको च्यापिएर मृत्यु

बैतडीको पञ्चेश्वरमा घर भत्किँदा एक किशोरीको च्यापिएर मृत्यु

धनगढी । बैतडीमा एक किशोरीको ज्यान गएको छ । त्यहाँ स्थित पञ्चेश्वर गाउँपालिका १ लेककी १५ बर्षीया पूजा लुहारको घर भत्किँदा च्यापिएर मृत्यु भएको हो । 

गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टका अनुसार माटोको छानो भएको घर एक्कासि सोमबार राति २ बजेतिर भत्किँदा सुती रहेकी पूजाको च्यापिएर मृत्यु भएको छ ।  

वर्षाका कारण कमजोर भएको छानो राति एक्कासि भत्किँदा अन्य दुई जना सामान्य घाइते भएका छन् ।  पीडित परिवारलाई पालिकाकाबाट राहत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।