नवजीवन अस्पताल र एलाईन्स इन्टरनेसनल धनगढी बिच सम्झौता, उपचारमा छुट दिइने

नवजीवन अस्पताल र एलाईन्स इन्टरनेसनल धनगढी बिच सम्झौता, उपचारमा छुट दिइने

धनगढी। धनगढीको नवजीवन अस्पताल प्रा.ली र  एलाईन्स इन्टरनेसनल मोडेल स्कुल धनगढी बिच उपचारमा छुट दिइने बारे सम्झौता भएको छ। 

नवजीवन अस्पताल पालीका तर्फबाट सिइओ चक्र खडायत तथा मेडिकल निर्देशक विदुर मणि ढकाल र  एलाईन्स इन्टरनेसनल मोडेल स्कुलका तर्फबाट प्रधानाध्यापक मनोज प्रसाद पन्त बिच सम्झौता गरिएको हो ।

नवजीवन अस्पतालले विभिन्न ६ प्रकारका उपचारमा विद्यार्थी, कार्यालयका सम्पूर्ण कर्मचारीलाई छुट दिइने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

साथै अस्पतालमा उपचार सेवा लिन आउँदा उक्त कार्यालयको प्रमाण, सिफारिस पेस गरी आएमा उक्त छुट सुविधा रहेको जनाइएको छ ।