पेट्रोलियम पाइपलाइन सम्पन्न गर्न भारत बढी आतुर

पेट्रोलियम पाइपलाइन सम्पन्न गर्न भारत बढी आतुर

नेपालको नयाँ संविधानप्रति असहमति जनाउँदै भारतले लगाएको नाकाबन्दीको असर सर्वत्र परे पनि भारत र नेपालका बीच बन्न लागेको पेट्रोलियम पाइपलाइन परियोजनामा भने यसले फाइदा पु¥याएको छ ।

नेपालले करिब तीन दशकदेखि भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थ ल्याउने पाइपलाइन बनाउन खोजेको थियो । भारतको स्वार्थका कारण यो सम्भव भएको थिएन ।

तर, तीन वर्ष अघिको नाकाबन्दीका बेला नेपालले अर्को छिमेकी चीनसँग पारवहनका विषयमा विभिन्न सम्झौता ग¥यो । सम्झौताका कारण असजिलो अवस्थामा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्ने सम्भावना बढेपछि भारतले पाइपलाइन परियोजनालाई द्रुत गतिमा बनाउन थालेको हो ।