चाडपर्वलाई लक्षित गरेर धनगढीमा सुपथ मूल्य पसल सञ्चालन

चाडपर्वलाई लक्षित गरेर धनगढीमा सुपथ मूल्य पसल सञ्चालन

धनगढी । चाडपर्वलाई लक्षित गरेर धनगढीमा सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालय धनगढी कार्यालय परिसरमा र धनगढीकै मोहनपुरस्थित आफ्नो गोदामबाट सुपथ मूल्य पसल सञ्चालन ल्याएको हो।

खाद्यले चामलमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने व्यवस्था गरेको छ । दसैँ, तिहार, छठजस्ता ठुला चाडपर्वमा सर्वसाधारणलाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराएर सहुलियत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख इन्जिला बस्नेतका अनुसार सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत मूल्यमा चामल प्रतिक्विन्टल ४६ सय पर्ने मोटो चामल खाद्यको पसलबाट ३९०० रुपैयाँमा बिक्री भइरहेको छ। 

त्यस्तै प्रतिक्विन्टल ६ हजार ७ सय पर्ने जिरा मसिनो चामल ६ हजारमा र प्रतिक्विन्टल ११ हजार पर्ने बासमती चामल १० हजार ३ सय रुपैयाँमा बिक्री भइरहेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिइन्।