कैलालीका १३ मध्ये चार पालिकाले मात्रै सम्बोधन गरे यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दा

कैलालीका १३ मध्ये चार पालिकाले मात्रै सम्बोधन गरे यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दा

धनगढी । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दामा स्थानीय तह गम्भीर नभएको गुनासो गरिएको छ । धनगढीमा बिहीबार सञ्चार कर्मीहरूसँग भएको छलफलमा यस्तो गुनासो गरेको हो । 

ब्लु डायमण्ड सोसाइटिको आयोजनामा सञ्चार कर्मीहरूसँग गरेको छलफलमा स्थानीय सरकार सँग आग्रह गर्दा पनि बेवास्ता गर्ने गरेको उनीहरूको आरोप छ ।

 सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु पनि सम्बोधन गर्नुपर्छ भनेर स्थानीय सरकार सँग आग्रह गरेको बताए । 

कैलालीका १३ वटा स्थानीय तह मध्ये ४ वटाले मात्र आफ्नो समुदायलाई नीति तथा कार्यक्रममा समावेश गरेको छन् । जसमध्ये कैलारी गाउँपालिका, भजनी, टीकापुर र घोडाघोडी नगरपालिकाले मात्र सम्बोधन गरेको देखिएको उल्लेख गरिएको छ । 

अन्य स्थानीय तहलाई आफूहरूले अनुरोध गर्दा पनि बेवास्ता गरेको लामाको भनाई थियो । 

यस्तै, कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीकी कार्यक्रम व्यवस्थापक भूमिका श्रेष्ठले सामाजिक संस्कार, रहनसहन तथा राज्यको नीतिका कारण पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू खुल्न नसकेको बताइन् ।

अधिकार सुनिश्चितताका लागि समाजमा धेरै सघर्ष गर्नुपरेको उनले भनाई छ । भने नागरिकता लिँदा देखि निर्वाचनमा भाग लिँदा सम्म आफ्नो समुदायलाई सहज नभएको बताउँदै उनले राजनीतिक दलहरूले पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु बेवास्ता गर्ने गरेको उनको भनाई ।