सशस्त्र प्रहरी प्रवक्तामा एसएसपी थापा

सशस्त्र प्रहरी प्रवक्तामा एसएसपी थापा

सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी बरिष्ठ उपरिक्षक (एसएसपी) पुरुषोत्तम थापालाई दिइएको छ । आईजीपी राजु अर्यालले शुक्रवार थापालाई प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् । 

यसअघि सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआईजी विदुर खड्काको सरुवा भएको छ । गृह मन्त्रालयले खड्कालाई नम्बर–५ विन्ध्याबासनी बाहिनी मुख्यालयमा काज सरुवा गरेको छ ।

नवनियुक्त प्रवक्ता थापालाई ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरीले जनाएको छ ।