डडेल्धुराको अजयमेरु गाउँपालिकाद्वारा  ‘सुपथ मूल्य पसल’को दरभाउ फेरि पेस गर्न आग्रह

डडेल्धुराको अजयमेरु गाउँपालिकाद्वारा  ‘सुपथ मूल्य पसल’को दरभाउ फेरि पेस गर्न आग्रह

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाले सुपथ मूल्य पसलको सम्झौता रद्द गर्दै दरभाउ फेरि पेस गर्न आह्वान गरेको छ । बजार भाउभन्दा बढी मूल्यमा चिनी खरिद गरी सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको आरोपपछि गाउँपालिकाले दरभाउ फेरि पेस गर्न आग्रह गरेको हो ।

गाउँपालिकाले १०२ रुपैयाँमा एक किलो चिनी, २९५ रुपैयाँमा एक लिटर तेल, २३ रुपैयाँ ७० पैसामा एक किलो नुन, १७ रुपैयाँ ७० पैसामा लुगा धुने साबुन र १७ रुपैयाँ ४० पैसामा नुहाउने साबुन उपलब्ध गराउने भन्दै जगन्नाथ जनरल स्टोरले पेस गरेको दरभाउ पत्रलाई स्वीकृत गरेपछि जनस्तरबाट विरोध भएको थियो। 

त्यसमा २० प्रतिशत छुट दिएर आम नागरिकलाई वडा कार्यालयमार्फत बिक्री गर्ने तयारी गाउँपालिकाको थियो। नागरिक र केही जनप्रतिनिधिको विरोधपछि सम्झौता रद्द गरिएको गाउँपालिकाकाले जनाएको छ ।