दशैं तिहार बिदाको सदुपयोग सँगै गृहकार्य

दशैं तिहार बिदाको सदुपयोग सँगै गृहकार्य

नेपाल धर्म निरपेक्ष,बहुजातीय, बहुभाषिक एवं बहुसंस्कृतिको राष्ट्र भएकोले यहाँ बिभिन्न प्रकारका चाडबाडले आ-आफ्नै पहिचान बनाएका छन्।जसमध्ये दशैं तिहार हिन्दूहरुको सबैभन्दा ठूलो पर्व एवं महान चाड हो।यो समयमा विभन्न परिकारको खानपान र जुवातासको ठुलै प्रचलन पनि देखिँदै आएको छ।दशैमा खाईने खानाले उच्च रक्तचाप हुनुका साथै कोलेस्टेरोल बढ्ने कब्जियत हुने, अपच र झाडापखाला समेत हुने सम्भावना रहन्छ।माछा मासु खाँदा सलाद बढी खाने, हरियो सागपात बढी खाने गरेमा कब्जियत बाट बच्न सकिन्छ भने नून, पिरो, मसला पनि कम खाँदा HighBloodPressure, Gastritisबाट बच्न सकिन्छ।

चाडवाडको समयमा यातायात परिवहन बढी हुने र मानिसहरुको Movementबढी हुने हुँदा घटना दुर्घटना हुनबाट पनि सचेत रहनु पर्दछ।मादक पदार्थ एबं नसा सेवनगरि सवारी साधन चलाउनु हुदैन।तासलाई जुवा बनाएर खेल्नुभन्दा मनोरन्जनका लागि परिवार सँगै बसेर खेल्नुपर्दछ ।घर परिवारका सदस्यहरुलाई बिभिन्न काममा सघाउनुका साथै आफ्नो किचेन र बाथरुमको कुना काप्चा सफा गर्ने,करेसाबारीमा फुल रोप्ने अथवाबाथरुमको धारा चुहिने भए मर्मत गर्नुहोस। 
समयको सहि सदुपयोग र उचित ब्यबस्थापन गर्नु जरुरि हुन्छ।“समयलाई दिन कटाउने,आयु घटाउने र लुगा फटाउने साधनका रुपमा खर्च नगरी समयलाई उपलब्धि, प्रगती, समृद्धि र सन्तुष्टिका लागि बिनियोजन गर्नु राम्रो हुन्छ”समयको केही अंश कुनै इच्छा लागेको पुस्तक वा उपन्यास पढेर तथा उत्प्रेरणा मुलक You tubevideo हेरेरपनि खर्च गर्न सकिन्छ।त्योभन्दा बढी रुचिपूर्ण भएमा नयाँ भाषा सिक्नुहोस, आफ्नो अंग्रेजी कमजोर भए बलियो बनाउनुहोस् ।

जसकालागि अहिलेको सुचना प्रविधिको भरपूर उपयोग गर्नुहोस्।कम्प्युटरको एउटा सीप थप्नुहोस् । एक्सेल, ग्राफिक डिजाइनिङ, फोटोसप, अटोक्याड वा वेप पेज डिजाइनिङमध्ये कुनै चाख लागेको सीप विकास गर्नुहोस् अथवा नेपाली टाइप गर्न सिक्नुहोस्।सबै थोक गर्दागर्दै पनि प्रत्येक दिन पच्चीस मिनेटमात्र भए पनि मेडिटेसन गरी मस्तिष्कलाई आराम दिनुहोस् । अध्ययनहरूबाट सिद्ध भैसकेको छ मेडिटेसनले तनाव कम गर्न, मस्तिष्कको केन्द्रिकृत गर्ने क्षमता बढाउन एवं कल्पनाशीलतामा निखार ल्याउन ठुलै मद्दत गर्दछ । 

चाडबाडको समयलाई अझ बढी हषिर्त तुल्याउन जाँड रक्सी अनी ड्रग्स पनि सेवन गर्ने प्रचलन युवा युवतीहरुमा हावी हुँदै गएको पाइन्छ । यो पर्व पारिवारिक जमघट हुने सामाजिक र पारिवारिक सुख र सफलता साटासाट गर्ने पर्व पनि हो, जाँड रक्सी खाएर उच्श्रिङ्खल कृयाकलाप गर्ने र समाजमा तमाशा गर्ने हैन।अधिकांस मानिसहरु यस्तै पर्वहरुमा आनन्दको खोजीको बहानामा पेय पदार्थ खाएरमातिने,लडाई झगडा गरेर बेइज्जत गर्ने अनि अनियन्त्रित रुपमा सवारी साधन चलाएर दुर्घटनाको जोखिमलाई पनि बढाउने गरेको उदाहरण पाइन्छ |

छोरा भया दाई भाउज्युका, भतिजा हामारा ।
तिहारको फूलको माला, दशैंका जमरा ।।

आगामी मंसिर ४ गते आम निर्वाचन भएकोले पनि यस पालीको दशैं तिहार बढी रौनकपूर्ण हुने आंकलन गर्न सकिन्छ।दशैं तिहार सकिनासाथ चुनावको दशैं शुरु हुने हुँदा बिद्यार्थीहरुको पढ़ाई पनि बाधा हुने करिब निश्चित छ ।बिद्यालयमा चुनावी आमसभा गर्ने र बिद्यालयलाई नै मतदान केन्द्र बनाउनु पर्ने नेपाल सरकारको परपरागत नियतिको शिकार पनि बालबलिका हुने गरेका छन् ।बिद्यालय/क्याम्पस बिदा हुने बित्तिकै विद्यार्थी बरालिने, पढाइमा ध्यान कम दिने वा दिँदै नदिने, बिदा पछि स्कुल आउन अल्छी मान्नेलगायतका समस्या विद्यार्थीहरुमा देखिने गरेका छन्।धेरै गृहकार्य दिएका कारण विद्यार्थीले बिदा र चाडवाडलाई समेत राम्ररी उपयोग गर्न नपाएको गुनासो बढेको छ भने पछिल्लो क्रममा बिद्यार्थीहरुलाई अधिक गृहकार्य दिने नदिने सम्बन्धी बहस हुन थालेको छ।

“नौ दिनमा नौलो भो, बीस दिनमा बिर्सियो र तीस दिनमा तर्सियो” भन्ने उखानले गृहकार्य आवश्यक जस्तो पनि लाग्दछ।तर चाडवाड पनि सिक्ने अवसर भएकोले, यसैले चाडपर्वबाट सकारात्मक र नकारात्मक पहिचान गरि समयानुकुल परिमार्जन गर्न पनि सकिन्छ ।सोही कारण आफ्नो विद्यार्थीलाई बोझ हुने गरी गृहकार्य नदिन पनि सकिन्छ।पढाइ र गृहकार्य एकअर्काका परिपूरक भएकाले पनि विद्यार्थीलाई कति र कस्तो गृहकार्य दिनुपर्छ भन्ने बारेमा कुनै कार्यमूलक अनुसन्धान,वैज्ञानिक तथ्य र व्यावहारिक आधार फेला पने सकेको छैन ।

एउटा भनाइ छ:“खाली दिमाग शैतानको कार्यशाला हो” । दिमागलाई खाली नबनाई कृयाशील हुनु पर्दछ, बिदाको समयमा पनि के काम गर्ने भनेर सुतेर दिन कटाउनु हुँदैन।कुनै यस्तो सृजनात्मक चिज वा कार्यको कल्पना गर्नुहोस् । त्यसैले बिदाको समयको सही सदुपयोग गरौं, “ब्यस्त बनौं तर अस्त ब्यस्त कदापी नबनौं”
विजयादशमी, तिहार, छटपर्व र नेपाल सम्बतको सबैलाई शुभकामना !!!