अर्काको जुत्ता चम्काएर दैनिक गुजारा चलाउनेहरुको जीवन भने चम्कन सकेन

अर्काको जुत्ता चम्काएर दैनिक गुजारा चलाउनेहरुको जीवन भने चम्कन सकेन

धनगढी : सडक पेटीमा बसेर अर्काको जुत्ता चम्काएर दैनिक गुजारा चलाउने हरु आप्mनो जीवन भने चम्कन नसकेको गुनासो गर्छन । कैलाली जिल्लाको सदरमुकाम धनगढीमा सडकपेटीमा जुत्ता सिलाउने काम गर्नेहरु धेरै छन । उनीहरु कहिल्यै बाटो चौडा पार्ने कामले त कहिल्यै ढल नकासका कारण आफनो ब्यवसाय गर्ने थलो मासिएको गुनासो गर्छन ।

कैलालीको धनगढी उपमहानगरपालिका ३ बिशालनगरका ५७ बर्षीय भिम बहादुर सार्कीले सडकपेटीमा जुत्ता चप्पल सिउन र जुत्ता पालिस गर्न थालेको करिव २१ बर्ष भयो । अरुको जुत्ता पालिस गरेरै उहाले आफ्नो ६ जनाको परिवारको रोजी रोटी चलाइरहनु भएको छ । २१ बर्ष सम्म सडक पेटीमा अरुका जुत्ता पालिस गर्दा पनी आफ्नो अवस्था नफेरीएको उहाले बताउनु भयो ।

दिनमा दुई तीन सय पनि मुस्किलले कमाई हुने र त्यो पनि साझ बिहान खानै ठिक्क हुने गरेको उहाँले बताउनुभयो । सडकपेटीको व्यापार भएकोले बेलाबेला नगरपालिकाले ढल निर्माण गर्दा आफुले बस्ने ठाउँ नै नपाएको उहाँले गुनासो गर्नु भयो ।

धनगढी बिशाल नगरका २४ बर्षे युवा बिरु सुर्खेती दिनभर धनगढी बसपार्कमा जुत्ता पालिस गर्ने काम गर्नु हुन्छ । गरिवीकै कारण कक्षा आठबाटै पढाई छोड्न बाध्य उहा त्यसपछी जुत्ता चप्पल सिउने तथा पालिस गर्न थाल्नु भयो । उहा मात्रै हैन् उहाको बुवा र भाई पनी धनगढीकै सडक पेटीमा जुत्ता पालिसको काम गर्नु हुन्छ ।  कामलाई सम्मान गर्ने परिपाटी नहुदा आफु पनी धेरै पटक हेपाईमा परेको उहाको गुनासो रहेको छ । 

धनगढीकै सडक पेटीमा जुत्ता पालिस गर्ने अमर सार्किले वर्षे देखि धनगढीका सडक पेटीमा जुत्ता पालिस  तथा फाटेका जुत्ता चप्पल सिलाए पनी आफुहरुको जिवनमा कुनै परिवर्तन आउन नसकेको बताउनु भयो । कुनै निश्चित स्थान नभएपनी उनीहरुले सडकपेटी नै आफ्नो व्यापारीक थलो बनाएको उहाको भनाई छ ।