कैलालीबाट बझाङतर्फ गइरहेको बस डडेल्धुरामा ट्रक सँग ठोक्कियो

कैलालीबाट बझाङतर्फ गइरहेको बस डडेल्धुरामा ट्रक सँग ठोक्कियो

धनगढी । कैलालीबाट बझाङतर्फ गइरहेको बस ट्रक सँग ठोक्किएको छ । बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक आपसमा ठोक्किएका हुन् । 

डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस र ट्रक ठोक्किएका हुन्।

ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार बिहान सुदूरपश्चिम यातायातको २४ जना सवार रहेको ना ५ ख ६७३४ नम्बरको बस र से १ ख ८७८ नम्बरको ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा परी १५ देखी १६ जना घाइते भएका छन्।

उनीहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ। उनीहरूको पहिचान भने खुलेको छैन।