बझाङमा एक युवक मृत फेला

बझाङमा एक युवक मृत फेला

बझाङ । बझाङमा एक युवक मृत फेला परेका छन्। जिल्लाको जय पृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडामा युवक मृत फेला परेका हुन्।

मङ्गलवार बिहान करिब  ८ बजेतिर रताली टोलमा ४६ वर्षका प्रकाश जोशी (अम्मरराज जोशी) मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

स्थानीयको खबर पछि घटना स्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको छ ।