सुदूरपश्चिममा आजदेखि ३ दिनसम्म भारी वर्षा, धनगढी उपमहानगरद्धारा नगरवासीलाई सुरक्षित रहन आग्रह

सुदूरपश्चिममा आजदेखि ३ दिनसम्म भारी वर्षा, धनगढी उपमहानगरद्धारा नगरवासीलाई सुरक्षित रहन आग्रह

सुदूरपश्चिममा आजदेखि ३ दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले धनगढी उपमहानगरपालिकाले नगरवासीलाई सुरक्षित रहन आग्रह गरेको छ। 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा १९,२० र २१ गतेसम्म वर्षाको सम्भावना रहेको जानकारी दिएकाले उपमहानगरले सुरक्षित रहन आग्रह गरेको हो। 

उपमहानगरले सम्पूर्ण नागरिकलाई आफ्नो खेत बारीमा काटेर भित्र्याउन पर्ने बाली छिटो भित्र्याउन वा पालले छोपेर राखी सावधानी अपनाउन आग्रह गरेको जनाएको छ।