संसदीय उपसमितिको प्रतिवेदन प्रति बाह्रबन साझेदारीको असहमति

संसदीय उपसमितिको प्रतिवेदन प्रति बाह्रबन साझेदारीको असहमति

धनगढी : प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले गठन गरेको संसदी यप समितिले पेश गरेको प्रतिवेदन प्रति बाहबन साझेदारी बन समुहले सहमति जनाएको छ । 

बाह्रबन साझेदारी बन ब्यवस्थापन समुहका अध्यक्ष ठक्कर बहादुर शाहीले आज धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संसदीय उपसिितको प्रतिवेदन आफुले अध्ययन गर्न नपाए पनि समाचारहरुमा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले बोलेका कुरा गैर जिम्मेवार रहेको बताए ।

अध्यक्ष शाहीले सभापति कुँवरले एउटै ब्यक्त १५ बर्ष सम्म अध्यक्ष रहेको भन्ने कुरा रेडियोमा बोलेको आवाज आफुले सुनेको भन्दै बाह्रबन सााझेदारी बन शुरुवात भएको ७ बर्ष मात्रै भएकोले जिम्मेवार ब्यक्तिहरुले बोल्दा तथ्य ख्याल गर्नुपर्ने बताए । 

समाचारमा आए अनुसार उपभोक्ता नक्कली रहेको भनिएकोमा बन नजिक घर नभएका टाढाका उपभोक्तालाई काठ आपुर्ति गर्ने उद्देश्य नै साझेदारी बनको भएको बताए । बाह्र्र्रबन क्षेत्रमा देखिन आएको जन गुनासोको सम्बोधन गर्न बनाएको उप समितिले एकलौटी रुपमा प्रतिवेदन बनाएको समेत अध्यक्ष शाहीको आरोप छ ।

अध्यक्ष शाहीले बाह्रबन साझेदारी ब्यवस्थापन समुह सरकारको सहमतिमा बनेको समिति रहेकोले अनियमितता भएको पाइए कार्वाहीका लागि सिफारिस गर्ने अधिकार संसदीय समितिलाई रहेको बताए । उनले तथ्यगत बिषयमा ध्यान नपु¥याइएककोमा आफ्नो असहमति रहेको बताए ।