उम्मेदवारी दर्ता गर्न पनि डडेल्धुरा गएनन् देउवा, वारेसनामासहित आरजूले गरिन दर्ता

उम्मेदवारी दर्ता गर्न पनि डडेल्धुरा गएनन् देउवा, वारेसनामासहित आरजूले गरिन दर्ता

प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी वारेस नामामार्फत दर्ता भएको छ ।

व्यस्तताका कारण उनी उम्मेदवारी दर्ताका लागि गृह जिल्ला डडेल्धुरा पुग्न नसकेपछि उनका पत्नी डा. आरजु राणा देउवाले वारेस नामामार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएकी हुन ।

नेपाली काङ्ग्रेसका पार्टी सभापतिसमेत रहेका देउवा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको चुनाव लडिरहेका छन् ।