बैतडीमा काँग्रेस नेता हरि मोहन भण्डारीले गराए स्वतन्त्र उम्मेदवारी  दर्ता

बैतडीमा काँग्रेस नेता हरि मोहन भण्डारीले गराए स्वतन्त्र उम्मेदवारी  दर्ता

धनगढी । बैतडीमा नेपाली काँग्रेसका नेता हरि मोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी  दर्ता  गरेका छन् । सत्ता गठबन्धनमा टिकट वितरणको  विषयमा असन्तुष्ट रहेका नेता भण्डारीले आज मुख्य  निर्वाचन अधिकृतको कार्यालयमा  पुगेर  बैतडीको प्रदेश सभा  क्षेत्र नं  ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।

टिकटको लागि सङ्घर्ष गरिरहेका नेपाली काँग्रेसका महासमिति सदस्य  समेत रहेका भण्डारीले टिकट नमिले पछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । २०७४सालको चुनावमा  उनी बाम गठबन्धनका उम्मेदवार प्रेम प्रकाश भट्ट आदित्य  सँग झिनो मतान्तरले पराजित भएका थिए ।

नेपाली काँग्रेसले प्रदेशसभा क्षेत्र नम्बर  ‘क’ मा जिल्ला पार्टी  उपसभापति वीर बहादुर विष्टलाई  टिकट दिएको छ  । भने प्रदेश सभा  ‘ख’ मा पूर्व  जिल्ला पार्टी  सभापति शिव राज भट्टलाई  टिकट  दिएको  छ ।