सत्ता गठबन्धन कैलाली क्षेत्र नं.२ बाट बडूवाल, शाह र साउदले गराए उम्मेदवारी दर्ता

सत्ता गठबन्धन कैलाली क्षेत्र नं.२ बाट बडूवाल, शाह र साउदले गराए उम्मेदवारी दर्ता

धनगढी । कैलाली क्षेत्र क्षेत्र नं २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उनले आज उम्मेदवारी दर्ता गराएका हुन । 

प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका भगत बहादुर बडूवालले उम्मेदवारी दर्ता गराएका हुन् । 

भने कैलाली क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क) बाट नेकपा नेपाली काँग्रेसका कमल  बहादुर शाह र (ख) बाट नेकपा माओवादी केन्द्रका नन्द बहादुर साउदले  उम्मेदवारी दर्ता गराएका छन् ।